बिहिबार, बैशाख १३, २०८१

नयाँ शक्ति पार्टी नेपालको विधिवत घोषणा गरियो

काठमाडौ ज्येष्ठ ३०, नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ । राजधानीको दशरथ रङ्गशालामा आयोजित एक घोषणासभा मार्फत नयाँ शक्तिनेपालको संयोजक एवम् पूर्व प्रम डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा baburam-300x207गर्नुभएको हो ।

पार्टी घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल थापा त्यस्तै गरि नेपाल स्थित विभिन्न देशका राजदूत शुभकामना दिन आएपुग्नु भएका भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप बर्मा लगायतको नागरिक समाज, मानवअधिकारकर्मी, व्यवसायी, पत्रकारको उपस्थिती रहेको थियो । पार्टी  घोषणापूर्व राजधानीका कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट पदयात्रा सुरु गरिएको थियो