बिहिबार, बैशाख १३, २०८१

नयाँ शक्तिको स्थापनासभा एवम् राष्ट्रिय भेला सम्पन्न

समाजवादउन्मुख वाम–लोकतान्त्रिक’ विचारधाराको सिद्धान्त पारित
डा भट्टराईको संयोजकत्वमा ४सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

काठमाडौ ज्येष्ठ ३२, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजकत्वमा ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुको अलावा naya-shakti-flge-300x183 (1)समाजवादउन्मुख वाम–लोकतान्त्रिक’ विचारधाराको सिद्धान्त पारित गर्दै नयाँ शक्ति नेपालको पार्टी स्थापनासभा आजबाट समापन भएको छ ।  आज समापन भएको भेलाले आर्थिक र साङ्गठनिक प्रस्तावका साथै समसामयिक थप ८ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै भेलाले संविधान प्राप्त भएकाले अधिकारको लडाईँ समाप्त भएकाले आगामी २५ वर्षमा नेपाललाई समृद्ध बनाउने योजना सहित द्वन्द्वकालीन घटनालाई सङ्क्रमणकालीन न्यायका आधारमा किनारा लगाउन जोड दिइएको छ ।  नयाँ शक्ति नेपालको पार्टीका प्रवक्ता खिमलाल देवकोटालाइ उदृत गर्दै प्राप्त सुमाचारमा भेला आयोजनाको क्रममा रु १ करोड चार लाख खर्च भएको यसमध्ये पार्टीले प्रतिसदस्यता रु १०५ अनिवार्य र अन्य स्वेच्छिक सहयोग उठानुको अलावा भेलामा सहभागी एक हजार पाँच सय प्रतिनिधिसँग पनि प्रवेश शुल्क लिईएको उल्लेख गरिएको छ ।