बिहिबार, बैशाख १३, २०८१

ध्वनिमतबाट संसद् कार्य सञ्चालन नियमावली २०७३ पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय बन्यो

काठमाडौ आषाढ ५,  व्यवस्थापिका–संसद्को आजको बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले पारित गरेको छ । यसअघि मस्यौदामाथि संसद बैठकमा दफावार छलफलका लागि समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

CA_20141009085850-2 (1)यसअघि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पुरानै संरचना अुनसार समिति ७५ सदस्यीय राख्दै आएकोमा शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवाद सुल्झाउने सवालमा भएको विशेष भेटवार्ता पछि उहाँहरुवीच काँग्रेले मस्यौदा प्रतिवेदन नियम १८४ को उपनियम २ बुँदालाई फिर्ता लिने र नियमावलीलाइ सहमतिका आधारमा पारित गराउनेबारेमा सहमति भएको थियो ।

प्रस्तुत सहमति अनुरुप काँग्रेसले सहज भूमिका निर्वाह गर्दै सासद आनन्दप्रसाद ढुङ्गानाले सो प्रतिवेदनको नियम १८४ को उपनियम २ लाई फिर्ता लिने जानकारी सदनलाई गराउनुभएको थियो । त्यस लगत्तै भएको छलफल पछि सत्तारुढ दल एमाले र नेकपा माओवादी केन्द्रले राख्दै राख्दै आएका नयाँ संविधान अनुसार १५ सदस्यीय हुनुपर्ने अडान अनुरुपकै व्यवस्थापिका–संसद् नियमावली, २०७३ लाइ पारित गरिएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

को- को छन १५ सदस्यीय समितिमा ?    कांग्रेसका तर्फबाट आनन्द ढुंगाना, केवी गुरूङ,चिनकाजी श्रेष्ठ, चित्रलेखा यादव, बालकृष्ण खाँड र प्रकाशशरण महत गरि ६ जना । यसैगरी एमालेबाट गणशेमान गुरूङ, अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र धर्मनाथ साह गरि ४ जना  सदस्य र छन्। माओवादी केन्द्रबाट हितराज पाण्डे र अनिता परियार गरि ३ जना सदस्य भएका छन् भने राप्रपा नेपाल र   फोरम लोकतान्त्रिकबाट त्र,मस   शैलेन्द्र वान्तवा र  योगेन्द्र चौधरी सदस्य भएका छन्।