बिहिबार, बैशाख १३, २०८१

देशभक्त लोकतान्त्रिक मोर्चाले भ्रष्टाचारी र कालाबजारीलाइ लाठी प्रहार गर्दै पुत्ला दहन गर्ने

काठमाडौं ज्येष्ठ २६, भष्टाचार विरुद्धको आन्दोलनमा विगत लामो समयदेखि सर्घषरत मनमोहन शमशेर राणा नेतृत्वको देशभक्त Untitled-9898[1]anup_20160320_23 anup_20160320_58लोकतान्त्रिक मोर्चा अन्र्तगतका स्वयमसेवकसंले बृहत देशभक्त लोकतान्त्रिक मोर्चा नयाँ राष्ट्रिय शक्ति एकता कायम गरौ कालोधन विरुद्ध राष्ट्रिय पुँजी निर्माणमा अघि बढौ भन्दै शुक्रवार राजधानी प्रवेश गर्ने प्रत्येक नाकामा लाठी प्रहार सहितको पुत्लादहन विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ ।  प्रस्तुत कार्यक्रम सम्बन्धी हामीलाइ प्रप्त जानकारी अनुसार शाषकवर्ग र तिनका मतियारले निमुखा जनताको रगत चुस्दै जम्मा गरेको कालोधन माथि प्रहार गर्दै भ्रष्टाचारी र तिनका मतियार,कालाबजारी एवम् तिनका पृष्ठपोषक दलालहरुलाइ खवरदारी गरिने बताईएको छ ।
त्यस्तै प्रस्तुत कार्यक्रम मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार निवारणको लागि शक्तिशाली भ्रष्टाचार निवारण आयोगको माग समेत गरिने बताईएको छ । मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएपनि आयोगको कारवाहीबाट सधै ठूला भ्रष्टाचारी ले उन्मुक्ति पाउँदै आएको पक्षलाइ दृष्टिगत गर्दै शक्तिशाली आयोगको औल्याइएको अभिमत मोर्चाको अध्यक्ष मनमोहन राणाको रहेको छ ।

उहाँका अनुसार बजारमा यो वात्यो बहानामा कृतिम अभाव सिर्जना गरिदा पनि राज्यका सरोकारवाला निकाय तै चुप मै चुपको अवस्थामा बस्नु त्यस्तै विभिन्न आर्थिक घोटालका प्रकरणमा राज्यका ठूला भनाउँदा नेताहरु मुछिदा पनि आयोगले कारवाही गर्न नसक्नु आफैमा उदेक लाग्दो भएको बताउँदै मुलुकबाट यि र यस्ता विकृतिको समुल अन्त्य गर्न र मुलुकको समृद्धिका लागि चारखम्बे अर्थ नितिको तर्जुमा गर्न प्रस्तुत अभियानलाइ आन्दोलको प्रारुपमा अगाडि बढाइने जानकारी दिनु भएको छ । साथै उहाँले अभियानको पहिलो चरणको कारवाही एवम् जनजागरणको लागि स्वेशी तथा विदेही दलालको पुत्ला खडा गर्दै भ्रष्टाचारीको सामाजीक वहिष्कार स्वरुप प्रतिकात्मक रुपमा लाठी प्रहार गर्दै पुत्ला दहन गरिने बताउँदै मोर्चाको यस अभियानमा सहभागी हुँन आम नेपालीलाइ आव्हान पनि गर्नु भएको छ ।

यसअघि पनि मोर्चाको अगुवाइमा भातृसंङगठन देशभक्त लोकतान्त्रिक मजदुरशक्ति मार्फत नयाँ संविधान जारी भएयता कहिले छिमेकी मुलुकमा भारतले गरेको अघोषित नाकाबन्दीको नाममा त कहिले यो वा त्यो बहानामा बढ्दो भष्टाचार र अनियन्त्रित महङगी नियन्त्रण गर्ने पक्षमा सरकारको उदासिनता बढेको भन्दै तत्काल छानविन सहित कारवाही प्रक्रिया सुरु गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लाइ १६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको थियो ।