मङ्लबार, बैशाख ११, २०८१

जिम्मेवार विपक्षी दलले यो वा त्यो माग राखेर संसद अवरुद्ध गर्नु गैर जिम्मेवारीको पराकाष्ठा : सञ्चारमन्त्री राइ

भूकम्प पिडितले सरकारको आश्वासन होइन राहत खोजेको नेता केसीको जिकिर

काठमाडौं आषाढ ११,  रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शेरधन राईले वर्तमान संविधानको जगमा टेकेर संविधान संशोधन हुन सक्ने बताउनुभएको छ । त्यस्तै उहाँले राष्ट्रिय सहमति मुलुकको तड्कारो आवश्यकता Captureभएको बताउँदै प्रमुख विपक्षी दल जस्तो जिम्मेवार दलले भूकम्पपीडितलाई एकमुष्ट रु २ लाख दिने माग राखेर सदन अवरोध गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको जिकिर गर्दै राष्ट्रिय समस्या समाधान गरेर चुनाव गर्नु पर्ने बेलामा यो वा त्यो माग राखेर संसद अवरुद्ध गर्नु नहुँने बताउँनु भएको छ ।

साक्षात्कारका अर्का वक्ता एवम् नेपाली काग्रेसका प्रभावशाली नेता ले वार्ताको माध्यमबाट मोर्चाको जायज माग पुरा गर्ने तर्फ सरकार उदासिन भएको आरोप सहित भूकम्प पिडितले सरकारको आश्वासन होइन राहत खोजेको बताउँनु भएको छ । त्यस्तै उहाँले संविधान कार्यान्वयनको लागि निर्वाचन अपरिहार्य भएकोले काग्रेस निर्वाचन सँग नडराउने स्पष्ट पार्दै पुर्नसंरचना आयोगको रिपोर्ट नआएको र मधेसको सीमांकनको माग पुरा नभएको अवस्थामा चुनावले समाधान भन्दा पनि समस्या सिर्जना गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै सत्ता साझेदार  दल माओवादी केन्द्रका नेता देव गुरुङले मधेसीको मोर्चा र जनजातिका माग पुरा गर्ने तर्फ पूर्व सहमति अनुरुप अगाडि बड्नुको विकल्प नभएकोमा जोड दिनु भएको थियो भने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारका तर्फबाट दुई पत्र प्राप्त भएको जानकारी दिँदै अबको वार्तामा विपक्षी दलको समेत सहभागिता हुनुपर्ने माग गर्नुभएको थियो ।