बुधबार, बैशाख १२, २०८१

घुस लिँदालिँदै नासु कार्की पक्राउ,वन अधिकृत कुश्लेविरुद्ध मुद्दा दायर

काठमाडौ आषाढ १६ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका नायब सुब्बा दीपककुमार कार्कीलाई सेवाग्राहीसँग घुस लिँदालिँदै आज पक्राउ गरेको छ । घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको विशेष akhtiyar-600टोलीले रु २० हजार घुससहित काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित युनाइटेड फाइनानान्स अगाडिबाट पक्राउ गरेको हो । सरकारी छाप कीर्ते मुद्दाका अभियुक्तसँग मुद्दा चाँडै मिलाइदिने भन्दै कार्कीले घुस लिएको आयोगले जनाएको छ ।

यसैवीच आयोगले आजै  वन कार्यालय मनहरि मकवानपुरमा कार्यरत सहायक वन अधिकृत रामकृष्ण कुश्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार वन अधिकृत कुश्लेले सामुदायिक वन उपभोक्ता समिति भार्ताले बिक्री गरेको काठ दाउरा लोड गरी लैजाने प्रक्रियामा विभिन्न बहाना बनाई रु एक लाख ८० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले वन अधिकृत कुश्लेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ ।