बिहिबार, बैशाख ६, २०८१

केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल: काँग्रेस नेता यादव

काठमाडौ ज्येष्ठ २४, नेपाली काँग्रेसका नेता महेन्द्र यादवले रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार संविधानको कार्यान्वयन गर्ने र भुकम्प पीडितहरुलाई राहत तथा पूर्नस्थापना एवम् mahendra-yadhavपूर्ननिर्माण कार्यमा पूर्ण रुपमा असफल भएको बताउँदै नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै नेता यादवले नेकपा एमाले र एमाओवादीले मुलुकको महत्वपूर्ण पद सम्हालिरहेको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा ठूलो संसदीय दल भएको कारणले पनि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पाउनुपर्ने जिकिर गर्दै यसको लागि पार्टीसभापति शेर बहादुर देउवाको नेतृत्व राष्ट्रिय सहमतिको सरकारको बन्नुपर्ने बताउँनु भएको छ ।

साथै उहाँले संविधानका बुँदामा विमति जनाउँदै आन्दोलनरत मधेशी मोर्चाको आन्दोलन होस वा छिमेकी राष्ट्रको नेपाल प्रतिको हेराइको दृष्टिकोणमा समेत परिवर्तन आउँने दावी समेत गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले बहुमतीय सरकारको नेतृत्व आफ्नो पार्टीले नगर्ने जानकारी दिँदै राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण भए मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने नभए वर्तमान सरकारलाई नै निरन्तरता दिने तयारीमा रहेको बताउँनु भएको छ ।
त्यस्तै नेकपा एमालेका नेता केशवप्रसाद बडालले मुलुक बनाउँनु पर्ने अवस्थामा सरकार परिवर्तनको कुरा आफैमा न्यायसंगत नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको सरकारलाइ राष्ट्रिय सहमतिको सरकार मा रुपान्तरण गर्दै अगाडि बढुनु पर्ने जिकर गर्नु भएको छ । त्यस्तै तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले राष्ट्रिय सहमतिको सरकारभन्दा पनि मधेसी मोर्चाको माग नै संविधानको संशोधन वा पुनर्लेखन भएको बताउँदै त्यो माग पूरा नभएसम्म आफूहरु सरकारमा परिवर्तको चर्चा आफ्नो लागि गौण भएको बताए ।