मङ्लबार, बैशाख ४, २०८१

काँग्रेस सभापति देउवालाई बाँकेमा भव्य स्वागत गरिने

काठमाडौं ज्येष्ठ ३२, नेपाली काँग्रेस जुम्लाका तत्कालिन सभापति मानव सेजुवालको शालिक अनावरण गर्न नेपालगन्ज राँझा विमान स्थल हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादु देउबा असार १ गते त्यसतर्फ जाने भएपछि बाँके काँग्रेसले सभापति देउवालाई भब्य स्वागत गर्ने तयारी sher-bahadur-deuwa3गरीरहेको छ । २ गते जुम्लाबाट नेपालगन्ज आएका सभापति देउबालाई स्वागत गर्न मोटर साइकल र्याली सहित नेपालगन्ज नगर प्रवेश गराउन महाधिवेशन प्रतिनिध एवं पूर्व संगठन विभाग प्रमुख अम्बर खडकालाई जिम्मा दियएको छ भने बाँके पार्टी सभापति कीरण कोइरालाको नेतृत्वमा भव्य स्वागत गर्ने गरी कार्यक्रम तय भएको पार्टी सचिव तप्त पौडेललाइ उदृत गर्दै हाम्रा सहकर्मीले जनाएको छ ।

नेपाली काँग्रेस बाँकेले आयोजना गरेको उक्त स्वागत कार्यक्रम २ गते पार्टी कार्यालयमा हुने र त्यस लगत्तै सभापति देउबाले कार्यकर्ताहरुलाई सम्बोधन गर्ने बताइएको छ । सभापति देउवाले प्रजातन्त्रवादी उद्योगी व्यापारी र ड्मोक्रेटीक लयर्स एशोशियसनका पदाधिकारहिरुसँग पनि भेट्न् कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी सभापति देउवाको ३ गते विहान पत्रकारहरुसँग भेट्ने कार्यक्रम तय भएको छ । सोही दिन सभापति देउबा राजधानी फर्कने बताएएको छ ।  १३औं महाधिबेशनबाट सभापति चुनिएका देउबा पहिलो पटक नेपालगन्ज आउने तय भएपछि बाँके काँग्रेसले उहाँलाई भव्य स्वागत गर्ने तयारी गरीरहेको हो ।