शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस सभापति देउवाद्दारा आतङ्ककारी आत्मघाती आक्रमणको निन्दा

काठमाडौ आषाढ १५, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टर्कीको इस्तानबुलस्थित अतातुर्क विमानस्थलमा आतङ््ककारी समूहले मङ्गलबार गरेको आत्मघाती आक्रमणको भत्र्सना गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै टर्कीको इस्तानवुलको अतातुर्क विमानस्थलमा अज्ञात समूहले गरेको आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको ज्यान गएको र सयौँको SHER_BAHADUR_DEUBA_20150802081349-370x207सङ्ख्यामा निर्दोष र निहत्था मानिस घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

“विश्वका जुनसुकै कुनामा हुने मानवताविरुद्धका आतङ्ककारी घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछु साथै यस दुःखद् क्षणमा टर्की सरकारमार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा घटनामा परी निधन हुनुभएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनहरूप्रति समवेदना प्रकट गर्नुभएको छ ।

एमालेद्वारा  आतङ्ककारीआत्मघाती आक्रमणको निन्दा :  यसैवीच नेकपा (एमाले)ले टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणमा परी ३६ जनाभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा विश्वका कुनै पनि भू–भागमा हुने आतङ्कवादी क्रियाकलाप तथा अतिवादी विचारप्रति पार्टीले गम्भीर असहमति व्यक्त गर्दै कुनै पनि अमानवीय हर्कतको एमालेले निन्दा गर्दछ भन्दै आतङ्कवादी हमलाकोे पार्टीले घोर निन्दा तथा भत्र्सना गरिएको छ