बुधबार, बैशाख १२, २०८१

काँग्रेसको बाँकी ७ जिल्लाको अधिवेशन आषाढको पहिलो हप्ता

  काठमाडौ ज्येष्ठ २२, नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले सम्पन्न हुँन बाँकी ७ जिल्ला क्रमस सिरहा, धनुषा, nc-flageमहोत्तरी, सिन्धुपाल्चोक, कञ्चनपुर, पर्सा र बझाङ जिल्लाको जिल्ला अधिवेशन र धनुषा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशन आगामी ज्येष्ठ २५ देखि असार पहिलो हप्तासम्म गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले , सङ्खुवासभामा अषाढ १० गते गोलाप्रथाद्वारा नेतृत्व चयन गरिने र डोल्पामा यार्सागुम्बा टिप्ने समय भएकाले केही समयपछि अधिवेशन गराउने निर्णय पनि गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।