मङ्लबार, बैशाख ११, २०८१

एसएलसी परीक्षाको नतिजा सार्वजनिक,४ लाख २५ हजार बिद्यार्थी उतिर्ण

काठमाडौ आषाढ ३ , परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट आज सार्वजनिक गरेको छ ।  सार्वजनिक नतिजा अनुसार परिक्षामा ४ लाख २५ हजार बिद्यार्थी  उतिर्ण भएका छन् । जसमा १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् जुन सबैभन्दा उच्च नजिता हो ।

३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ५७७ रहेको छ । ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कन दिइएको छ ।

नतिजा हेर्नका लागि :  परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने जनाएको छ । www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं. डायल गरि प्राप्त सन्देश अनुसार नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।  त्यसैगरि SMS बाट पनि नतिजा थाहा पाउन PSTN, CDMA, Postpaid, prepaid मोवाईल सेटको म्यासेजबक्समा गएर slc ˂space˃ सिम्वाेल नम्बर टाईप गरि १६०० मा एसएमएस पठाउने सकिनेछ ।  स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ ।