शनिबार, बैशाख ८, २०८१

एम्बुस बम विस्फोटन १४ नेपालीको मृत्यु, मुलुकका प्रमुखदलहरुद्दारा आक्रमणको कडा शब्दमा निन्दा

काठमाडौ आषाढ ६, अफगानिस्तानको राजधानी काबुलमा आज बिहान ५ः४० बजे भएको तालिवानी आतङ्ककारीबाट भएको एम्बुस ब�� विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ । बम विस्फोट परि मृत्यु भएका सबै नागरिक नेपाली रहेको अफगान गृह मन्त्रालयले जनाएको छ ।  यसैवीच उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनामा परी नेपालीको निधन भएको जनाउदै उहाँले आतङ्कवादी Captureघटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । साथै उहाँले रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता विरोधी अपराधको सङ्ज्ञा दिँदै व्यवस्थापिका–संसद्को आजको बैठकमा घटनाको जानकारी दिँदै घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भएको छ ।

घटनामा परेर दिवङ्गत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको जनाउँदै मन्त्री थापाले बैठकमा नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।

यसैवीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको बर्बर हत्याबाट हामी स्तब्ध भएको बताएको छ । त्यस्तै विज्ञप्तिमा काँग्रेसले घटनामा परी मृत्युभएका नेपालीका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । मृतकको पार्थिव शरीरलाई सक्दो छिटो नेपाल फर्काउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।  त्यस्तै नेकपा एमालेले अफगानिस्तानको राजधानी काबुलमा आज १४ जना नेपालीको मृत्यु हुनेगरी भएको आत्माघाती आक्रमणबाट पार्टी मर्माहत भएको जनाएको छ । पार्टीले जुनसुकै नाममा गरिने यस्ता आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै मानवता विरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्ने आवश्यकतामा जोड दिएको छ भने नेकपा माओवादी केन्द्रले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवम् भत्सर्ना गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी आत्मघाती आक्रमणको विरोध गर्नुभएको छ ।