शनिबार, बैशाख ८, २०८१

एमाले मुख्यालय भत्काउन ३१ लाखको ठेक्का

काठमाडौं ज्येष्ठ १९, सत्तारुढदल नेकपा एमालेको भूकम्पले क्षतिग्रस्त पार्टी मुख्यालय भत्काउने ठेक्का राम श्रेष्ठले पाएका छन् । कार्यालय umlव्यवस्थापन कार्यदलले बल्खुस्थित मुख्यालय भत्काएर सफासमेत गर्न ठेक्का दिएको एमाले मुख्यालयद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्ते विज्ञप्तिमा कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बोलपत्र छनोट गरेको थियो । श्रेष्ठलाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ३१ लाख रुपैयाँमा ठेक्का दिएको उल्लेख गरिएको छ ।