बिहिबार, बैशाख १३, २०८१

एमालेमा क-कसले पाए विभागीय जिम्मेवारी

काठमाडौ ज्येष्ठ २१,  नेकपा एमालेले पार्टीका ३१ वटा विभागलाई पुर्णता दिएको छ । महासचिव इश्वर पोखरेल संंयोजकत्वको कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखहरुसँगको परामर्श पछि विभागका सदस्यहरुको मनोनयन मनोनयनको टुंगो लगाएको एमालेलेद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा  एमालेको केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन Captureआयोग महाधिवेशनबाटै निर्वाचित गर्ने वैधानिक व्यवस्था छ भने सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा केन्द्रीय विभागहरुको गठन केन्द्रीय कमिटीले गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

एमालेले विभागहरुले पूर्णता पाएसँगै पार्टीको संगठनात्मक काममा थप ऊर्जा र गति प्राप्त हुने विश्वास ब्यक्त गरेको छ । पूर्णता पाएको विभागहरुमा जसमा पार्टी स्कुल विभागको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओली आफै लिएका छन भने बैदेशिक मामिल विभाग प्रमुखको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाललाई दिईएको छ ।

त्यस्तै अर्थ तथा योजना विभागको जिम्मेवारी सुरेन्द्र पाण्डे, आर्थिक विभागको जिम्मेवारी विष्णुप्रसाद रिमाल, उद्योग तथा बाणिज्य विभागकोजिम्मेवारी मुकुन्द न्यौपाने, उपभोक्ता हित संरक्षण तथा शुसासन विभागको जिम्मेवारी घनेन्द्र बस्नेत, कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी ठाकुर गैरे, जलस्रोत तथा उर्जा विभागको जिम्मेवारी प्रदिप नेपाल, न्याय तथा कानून विभागको जिम्मेवारी रघुजी पन्त, निर्वाचन विभागको जिम्मेवारी राजेन्द्र प्रसाद पाण्डे, पर्यटन प्रर्वद्धन विभागको जिम्मेवारी सूर्य थापा, प्रचार विभागको जिम्मेवारी योगेश भट्टराई, पुस्तकालय तथा अभिलेख विभागको जिम्मेवारी काशिनाथ अधिकारी, भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था विभागको जिम्मेवारी डा . विजयकुमार पौडेल, यूवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी कर्णबहादुर थापा, राजकीय मामिला विभागको जिम्मेवारी सचिव भीमप्रसाद आचार्य, राष्ट्रिय हित सुरक्षा प्रर्वद विभागको जिम्मेवारी तुलबहादुर गुरुङ्ग, बन तथा बातावरण विभागको जिम्मेवारी नागेन्द्र चौधरी, विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी डा. बंशिधर मिश्र, शिक्षा तथा मानव स्रोत विभागको जिम्मेवारी गंगालाल तुलाधर, संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव पृथ्वी शुब्बा गुरुङ्ग, शहरी विकास विभागको जिम्मेवारी श्रीमाया थकाली, सहकारी तथा गरिबी निवारण विभागको जिम्मेवारी पशुपति चौलागाई, श्रम तथा रोजगार विभागको जिम्मेवारी प्रकाश ज्वाला, संघीय मामिला विभागको जिम्मेवारी पर्शुमेघी गुरुङ्ग, सस्कृति विभागको जिम्मेवारी खगेन्द्र राई, सामाजिक सेवा विभागको जिम्मेवारी डा. विजय शुब्बा, सामान्य प्रशासन विभागको जिम्मेवारी ममता गिरी, स्थानीय विकास विभागको जिम्मेवारी किरण गुरुङ्ग, स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी सुजिता शाक्यलाई दिईएको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।