शुक्रबार, चैत्र १६, २०८०

एनसेल टावर पछि विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी

काठमाडौं ज्येष्ठ  ३०, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादील वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला नुवाकोटस्थित कार्यालयमा गएराति आगजनी गरेको समाचार प्राप्त भएको छ । गएराति १२ः३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ Captureबट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएको समाचारमा उल्लेख गएिको छ । थिए ।

प्राप्त समाचारमा प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेललाइ उदृत गर्दै आगजनीमा सल्गनहरुले आफूहरू विप्लव माओवादीको कार्यकर्ता भएको बताएको उल्लेख गरिएको छ । त्यस्तै आज बिहान सञ्चारमाध्यमसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी लिएको बुझिएको छ । यसअघि पनि विप्लव नेतृत्वको माओवादीले एनसेल टावरमा आगजनी गरेको थियो ।