बिहिबार, चैत्र १५, २०८०

Necll लाई पुँजीगत लाभकर तिराउन संसदीय अर्थ समितिको निर्देशन

 Necll ले पुँजीगत लाभकरबापत नेपाल सरकारलाई रु ३६ अर्ब कर बुझाउँनु पर्ने 

काठमाडौ ज्येष्ठ २१,   व्यवस्थापिका–संसद्, अर्थ समितिको आज बसेको बैठकलले नेपालमा नेपालीसँग कारोबार गरी नाफा कमाएको कम्पनी भएकाले यही नै लाभकर तिर्नुपर्ने निष्कर्ष सहित दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाललाई कानुनअनुसार पुँजीगत लाभकर तिराउन र सोको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

Ncell-Logoसमितिका सभापति प्रकाश ज्वालाको सभापतित्वामा बसेको बैठकमा सहभागी सांसदहरूले नेपालमा नाफा कमाएपछि र सेयर बिक्री गरी स्वामित्व हस्तान्तरण गरेर पुँजीगत लाभ लिएपछि नेपालमा नै कर तिर्नुपर्छ भन्ने कुरा प्रष्ट रहेको धारणा प्रस्तुत गरिएको र यदि लाभकर नतिर्ने हो भने कानुन बमोजिम एनसेललाई कारबाही गर्नुपर्ने अभिमत व्यक्त गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै बैठकले एनसेलबाट सम्पूर्ण कर असुली गरेसकेपछि मात्र सो कम्पनीको पुँजी वृद्धिलगायतका अन्य थप व्यावसायिक योजना÷प्रस्ताव अघि बढाउन उद्योग मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयलाई समेत निर्देशन दिएको छ । रु एक खर्ब ४३ अर्बमा बिक्री भएको एनसेलले पुँजीगत लाभकरबापत नेपाल सरकारलाई रु ३६ अर्ब कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।