शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा रहेका १०८ इँटाभट्टामा बालबालिकाको सख्या बढ्दो (अध्ययन प्रतिवेदन सहित)

काठमाडौं ज्येष्ठ ३० , १५ औं बालश्रम विरुद्ध विश्व दिवस जुन १२,को अवसरमा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्ष देखि निरन्तर बालश्रम निवारणमा सक्रिय रहदै आएको बाल विकास समाजले बाल अधिकारको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाहरुले यस देश तथा बाल अधिकारको क्षेत्रमा विद्यमान राज्यको उदासिनता एवम् समाजमा चेतनाको कमी त्यस्तै गरि मुलुकका राजनैतिक दलबाट सार्थक ljZj lzIff-1 ljZj lzIff-2प्रतिवद्धता अभिव्यक्त नहुनु जस्ता कारणले गर्दा समाजमा रहेको विद्यमान बालश्रम निवारणमा विभिन्न किसिमका कार्यक्रमहरु मार्फत प्रयास गरेपनि बालश्रमको संख्यामा खासै उपलब्धी हुन नसक्नु विडम्वना नै भएको बताएका छन ।

त्यस्तै बाल विकास समाजले १५ औं अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको विश्व दिवसको अवसर पारेर पत्रकार सम्मेलन मार्फत आज समाजले सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौँ उपत्यकामा रहेका १०८ इँटाभट्टामा सबैभन्दा बढी बालबालिका सहभागी रहेको चित्रण उल्लेख गरिएको छ ।

१८ वर्षसम्म उमेर समूहका बालबालिकामा डिसेम्बर २०१४ देखि जुन २०१५ सम्म गरिएको उक्त अध्येन सर्वेक्षण प्रतिवेदनमा इँटाभट्टामा रहेका बालबालिकाहरु मध्ये सबैभन्दा बढि बालबालिका ३२.११% ५ बर्षभन्दा कम उमेर समूहका, २८% बालबालिका ५–१० बर्ष उमेर समुहका, २२.५८% बालबालिका १०–१५ बर्ष उमेर समुहका र १७.३१% बालबालिकाहरु १५–१८ बर्ष उमेर समूहका रहेको पाइयो । जहाँ उक्त बालबालिकाहरुका लागि विभिन्न किसिमका समस्या तथा चुनौतीहरु रहेको जनाउँदै काठमाडौँ उपत्यकामा इँटाभट्टा काठमाडौँमा १८, ललितपुरमा २८ र भक्तपुरमा ६२ रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । काठमाडौँमा रहेका कूल इँटाभट्टामा कार्यरत ९३१ कामदारमध्ये ७४० बालबालिका रहेका छन् । त्यसैगरी ललितपुरमा भने कामदारभन्दा बढी बालबालिकाको सङ्ख्या रहेको र इँटाभट्टामा काम गर्ने अधिकांश कामदारका छोराछोरी विद्यालय नजाने भएकाले काम गर्न सक्ने र नसक्ने दुबै खालका बालबालिका उक्त क्षेत्रमा रमाइरहेका पाइएको बाल विकास समाजका कार्यक्रम निर्देशक किरण थापाले बताउँनु भएको छ ।

पत्रकार सम्मेलनमामा श्रम विभागका महानिर्देशक केदारबहादुर बोगटीले समाजको तर्फबाट प्रस्तुत प्रतिवेदन आफैमा उपयोगी रहेको बताउँदै बालवालिको अधिकारका लागि सजारी नयाँ संविधानको धारा ३९ उपधारामा गरिएको व्यवस्थाको अक्षरस कार्यान्वयन गर्ने हो भने आशातितरुपमा सफलता पाउँने विस्वास व्यक्त गर्नु भएको थियो भने Brick Clean Network का अध्यक्ष श्री सुरेन्द्र ढकाल लगायतले इँटाभट्टामा कार्यरत बालबालिकाका सवालमा बोल्नु भएको थियो ।

  नेपाल सरकारले सन् २००९ सम्ममा निकृष्ट प्रकारको बालश्रमको अन्त्य गर्न नसक्नु तथा २०१५ सम्ममा सबै प्रकारका बालश्रम उन्मुलन हुन नसक्नु हाम्रो लज्जाको विषय हो । तत्काल बालश्रम निवारण गुरुयोजनालाई समिक्षा गरी आवश्यक परिमार्जन गरी २०१५ सम्ममा नै बालश्रम निवारणका लागि एकिकृत र घनिभुत कार्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजान माग  गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत    १२ बुँदे  ज्ञापन पत्र समेत बुझाएको  छ ।