शुक्रबार, बैशाख ७, २०८१

आदिकवि आचार्यको जन्मोत्सवको अवसरमा विधागत स्रष्टाहरु सम्मानित

काठमाडौं आषाढ १७,  आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसर पारेर विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले बुधवार राजधानीम स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रमको आयोजना गरेको छ । आषाढ १५ को धान दिवसको उत्सवकै दिन सञ्चारग्रामस्थित सूचना विभागको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरु भक्त’ ले स्रष्टाहरुलाई 13557734_627702110715422_9193152402635333624_n13438822_627702067382093_3204525466339271738_nसम्मान समपर्ण गर्नुभएको थियो । सो अवसरमा सम्मानित हुने स्रष्टाहरुमा क्रमस देवकोटाकालीन सहित्यकार तथा उत्तरी ध्रुव प्रदेशका प्रथम नेपाली यात्री वासुदेव ढकाल, वरिष्ठ साहित्यकार तथा प्राध्यापक गार्गी शर्मा, गीतकार, साहित्यकार तथा प्राज्ञ उन्नति बोहोरा शिला, वरिष्ठ समालोचक, निबन्धकार तथा साहित्यकार प्रा.डा.पारसमणि भण्डारी, वरिष्ठ कवि तथा सहित्यकार महेन्द्र गुरुङ मोफसलका साहित्यिक पत्रकार तथा साहित्यकार आरसी रिजाल, डायस्पोराका नेपाली साहित्यकार तथा कवि सुरेशजंग शाह रहेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि कुलपति सरुभक्तले , डा. पारसमणि भण्डारी, प्राज्ञ उन्नति बोहोरा लगायतले भानुजयन्ती र भानुभक्तका रचनाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईंले नेपाली साहित्य र भाषाको विकासमा गरेका कार्य र अनुभवको स्मरण गर्दै आफ्नो संस्थाले नेपाल मात्र नभएर विश्वभर छरिएर रहेका स्रष्टाहरुको खोजी गर्ने, भाषा, साहित्यको श्रीवृद्धि, प्रवासमा रहेका नयाँ पुस्तामा नेपाली भाषाको हस्तान्तरण कार्यलाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्य लिएको जानकारी दिनु भएको थियो ।

अतिथि कवि प्रल्हाद पोखरेलको कविता वाचनबाट सुरु भएको उक्त कार्यक्रममा ८६ वर्षीय हजुरआमा पम्फा सिटौलाको संगिनीको रागले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । थुप्रै वरिष्ठ कवि कवयित्रीदेखि बाल प्रतिभा अक्षता अधिकारीसम्मका विभिन्न ढंगका रोचक, घोचक र मार्मिक प्रस्तुतिले सभामा नयाँ रौनक थपेको थियो भने संस्थाकी महासचिव अस्मिता भण्डारीको औपचारिक कार्यक्रम सञ्चालन कलाले कार्यक्रमलाइ थप आकर्षण बनाएको थियो । कविता, मुक्तक प्रस्तुत गर्नेहरुमा गंगा पौडेल, ललिता दोषी, चन्द्रवदना घिमिरे, समन राणा, पवन आलोक, प्रमोद स्नेही, सुशील काफ्ले, तेजेन्द्र प्रसाईं, प्रकाश बस्नेत, प्रभा बराल, शशि थापा पण्डित, कल्पना अधिकारी, माया पौडेल, अर्जुन लिम्बूलगायत थिए ।