शुक्रबार, बैशाख ७, २०८१

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ ज्येष्ठ २३, आज वन्यजन्तुको अवैध व्यापारप्रति शून्य सहनशीलता भन्ने नाराका साथ विश्व वातावरण दिवस र हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौं, लगाइ सम्पूर्ण तन, मन र धन’ भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष ५ images4जुनका दिन मनाइने यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसघंको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति वैश्विकस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । यस वर्ष विश्वभर वातावरण दिवस मनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031