बिहिबार, बैशाख १३, २०८१

आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं आषाढ ७, भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकार गरेपछि २१ जुनलाई विश्वव्यापी रुपमा एकता र शक्तिको सन्देशको लागि भन्दै गत वर्षदेखि राष्ट्रसंघको आव्हानमा images (2)मनाउँन सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
दोस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज राजधानीको नारायणहीटी दरबारको दक्षिण दरबारमार्ग क्षेत्रमा विहान ७ बजेदेखि सामूहिक योग अभ्यास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको उक्त योगअभ्यासमा कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागितारहेको थियो ।