शुक्रबार, चैत्र १६, २०८०

अवैद्य वन फडानी प्रकरणमा सामुदायिक वनका अध्यक्ष  पक्राउ 

कृष्ण थपलिया/  सर्लाही ३,  अवैद्य ढङगले काठ काटेर बेचेको भन्दै सर्लाहीको हरिपुरमा रहेको हरियाली सामुदायिक वनका अध्यक्षलाई सेक्टर वन कार्यालय मूर्तियाले पक्राउ गरेको छ । अनुमति बिना मसला र सिसौका रुख कटान गरि बेचेको आरोपमा वनका अध्यक्ष मानबहादुर download-2 (1)घलानलाई पक्राउ गरिएको हो । हरिपुर–७ का ५३ वर्र्षीय घलानले आफु अध्यक्ष रहेको सामुदायिक वनबाट १०० भन्दा बढि मसला र सिसौ जातका रुखहरु कटान गरेर बेचेको आरोप छ ।

अनुगमनका क्रममा वन कार्यालयसँग स्वीकृति नलिइ काठ कटान गरेको पाइएकाले अध्यक्षलाई नियन्त्रणमा लिएको सेक्टर वन कार्यालय मूर्तियाका प्रमुख मणिराम पौडेलले बताउनुभयो । नेकपा माओवादी केन्द्रका एकजना केन्द्रिय सदश्यका अनुसार वनकार्यालयले सानो परिमाण देखाएको भएपनि त्याहाँ २५० भन्दा धेरै हरिया रुखहरु काटिएका छन ।

अध्यक्ष घलानले भने गाउँकै एक प्राथमिक विद्यालयलाई काठ दिएको दावी गरेका छन् । घलानलाई आज जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरि वनको नियन्त्रणमा राखिएको र हानी नोक्सानीको आधारमा मुद्दा दायर गरिने सेक्टर वन प्रमुख पौडेलले जानकारी दिनुभयो । वन फडानिमा केही कर्मचारीको समेत संलग्नता रहेको आसंकामा सोधपुछका लागि वन पदाधिकारीहरुलाई समेत पत्र पठाईएको सेक्टर वन कार्यालय मूर्तियाले जनाएको छ ।