बिहिबार, बैशाख ६, २०८१

अवको एकमात्र विकल्प भनेको राजसंस्थाको पुनरागमन वा नेपाली सेनाको हस्तक्षेपकारी भूमिका : केवी रोकाया

नेपाल भनेका राजसंस्था धार्मिक सहिष्णुता र नेपालीको सेनाको आधारस्तम्भमा उभिएको जिकिर
माओवादीले अख्तियार गरेकै एजेन्दाका कारण मात्र प्रचारक बने

काठमाडौ ज्येष्ठ ३२ ,  डा.केवी रोकाया तत्कालीन विद्रोही माओवादीद्दारा सुरु गरिएको युद्धको समयमा माओवादीद्दारा उद्घोष गरिएको सामाजीक समानता अग्रगमन राज्य पुर्नसंरचना एवम् जनमुखी एजेन्दाबाट प्रभावित हुँदै प्रस्तुत एजेन्दालाइ राष्टिय अन्तराष्टिय जगतमा शशक्तरुपमा प्रचार गर्दै जनमत सिर्जना गर्ने अभियन्ताका रुपमा क्रियाशिल व्यक्तित्व हुनुहुन्छ । त्यसवीचमा  उहाँ  13396633_1557312111237926_1861336282_oमाओवादीका एजेन्दाको  प्रचारक मात्र होइन ,त्यसवेला राजसंस्था र हिन्दु धर्मका   विरोधी  गर्दै    उहाँले नेकपा माओवादीको एजेन्दालाइ अन्तराष्टिय प्रचारक समेत बनेपनि पार्टीगत रुपमा भने कुनै तह र तप्कामा आफु नरहेको जनाउ दिदै त्यसबेला ससंसदी व्यवस्थाका काँग्रेस, एमाले लगायतका मसिहादलका कारण निरास जनतामाझ जनयुद्धको उद्घोषसंगै आशाका किरणको विजारोपण गर्ने एजेन्दा माओवादीले अख्तियार गरेकै कारण आफु प्रस्तुत एजेन्दाको मात्र प्रचारक बनेको बताउँनु भएको छ ।

तर पछिल्लो समय अर्थात विस्तृत शान्ति सम्झौतापछि माओवादीमा सिर्जना भएको बैचारिक स्खलन एवम् प्रस्तावित एजेन्दा कार्यान्वयनको सवालमा देखिएको विचलनताका कारण  जुन जोगी आएपनि कानै चिरको भन्ने आभास सहित मुलुकको अस्मिता स्वाभिमानको रक्षाका लागि तत्कालीन एतिहासिक कालखण्डका दस्तावेजको सुक्ष्म अध्ययन गर्दै यसवीचमा क्रमभङगता र रुपान्तरण नामक पुस्तक लेखनमा घोट्लिदै प्रस्तुत पुस्तक मार्फत उहाँले अव मुलुकको वास्तविक दिशानिर्देश अहिले उभारमा आएका कुनै पनि राजैनैतिक दल र ति दलका नेताबाट नेपाली जनताले मुलुकको समृद्धिको अपेक्षा गर्नु केवल दिवास्वप्न मात्र हुने ठहर गर्दै मुलुकको सर्वाङगिण विकासको लागि नयाँ बैकल्पिक शक्तिको आवश्यकता औल्याउँनु  हुन्छ ।

त्यस्तै आफु कट्टर क्रिशियन भएपनि मुलुकमा नयाँ संविधान जारी हुनु पूर्वदेखिनै मुलुकलाइ धर्मनिरपेक्षता घोषित गरिनु हुन्न भन्दै सुरवाती विरोध गर्र्दै उहाँले यदि मुलुकमा धर्म निरपेक्ष घोषणा गरियो भने यहाँ विखण्डनका चिराले मौलाउँने अवसर पाउँछ भन्दै विश्वका अन्य कयैन राष्ट्रमा यहि कारण अनेकन भूमरिका दलदल सिर्जना भएको बताउँदै प्रखर वक्ता एवम् बौद्धिक व्यक्तित्व डा.रोकायाले भने-  धर्म निरपेक्षताले नैतिक, आस्तिक, सामाजीक, धार्मिक र पारिवारिक मूल्यमान्यताको समुल अन्त्य गर्दै अराजकता मौलाउँछ    ।

त्यस्तै अन्तर धार्मिक सञ्जालका अध्यक्ष समेत रहेका डा.रोकायाले नेपाल भनेको   राजसंस्था धार्मिक सहिष्णुता र नेपालीको सेनाको आधारस्तम्भमा उभिएको  बताए । साथै उहाँले  यि तिनै मुलभूत तत्व कारण विगतदेखिनै राष्टको एकता, अखण्डता सार्वभौमिकत्ता,स्वतन्त्रा र स्वाभिानको जर्गेनाsf]  सवालमा   नेपालमा शाह वंश, नेपाली सेना र हिन्दू धर्मबीच अन्योन्याश्रित सम्बन्ध रहेको  बताउँदै   उहाँले  यस अर्थमा पनि नेपालको छवि विगतमा जस्तै अक्षुण्ण राख्न धर्म सापेक्षता सहितको राजसंस्था नेपाली सेनाको चलायमानताको आवश्यता रहेका अभिव्यक्ति दिनु भएको छ ।

देश, विदेशका वौद्धिक सर्कलमा उच्चतम दख्खल राख्नु हुने  डा.रोकायाले कुरानकानीको क्रममा केहि समयअघि अमेरिकाको थिङट्याक ग्रुपसंग आवद्ध सर्कलमा नेपाललाइ नेपालकोृ पहिचान दिदै एकताको सूत्रमा आवद्ध बनाराख्न  शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दू धर्मले नेपाललाई बचाएर राखेको रअवको आवश्यकता भनेको राजसंस्थाको पुनरागमन वा नेपाली सेनाको हस्तक्षेपकारी भूमिका एक मात्र विकल्प भएको र यसमध्ये पनि मुलुकलाइ विखण्डन तर्फ जान नदिन कुनै कुनै प्रारुपमा शाहवंशिय राजसंस्थाको निर्विकल्प आवश्यकता भएको बताए । (वार्तामा आधारित )