बिहिबार, बैशाख ६, २०८१

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका सर्वत्र विरोध, सम्वद्ध संस्थाद्दारा खारेजीको माग

काठमाडौं आषाढ ६, अनलाइन पत्रकार संघले सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  संघका अध्यक्ष प्रवेश सुवेदीद्दारा आज जारी वित्रप्तिमा नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रावधान विपरीत सञ्चार माध्यम नै बन्द गर्न सक्ने, सञ्चार मन्त्रालय अन्तर्गतका प्रशासनिक निकायले Press Release_2073_3_6सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने जस्ता आपत्तिजनक प्रावधान राखी गरी जारी गरिएको निर्देशिकाले संविधान र विश्वव्यापी लोकतान्त्रिक मान्यतालाई नै प्रहार गरेको जनाउँदै यस्तो निर्देशिका कदापी मान्य नहुने बताएको छ।

त्यस्तै विज्ञप्तिमा प्रेस कानुनसँग सरोकार नै नभएको सुशासन व्यवस्था तथा सञ्चालन ऐन अन्तर्गत जारी भएको निर्देशिकाले सिंगो प्रेस जगतको अवमुल्यन गरेको ठहर गर्दै भरखर भरखर फस्टाउँदै गरेको नयाँ माध्यमका प्राविधिक, व्यवहारिक र सैद्धान्तिक पक्षलाई समेत बेवास्ता गरी जारी गरिएको प्रस्तुत निर्देशिकाले अनलाइनमात्र नभइ समग्रमा प्रेस स्वतन्त्रताको विकासलाई समेत कुण्ठित गर्ने नियोजित प्रपञ्च भएको ठहर गर्दै संघले तत्काल निर्देशिका खारेज गर्न सरकारसँग जोडदार माग गरेको छ ।

साथै अनलाइन सहित सबैखाले सञ्चार माध्यम व्यबसायिक, मर्यादित र जिम्मेवार हुनुपर्दछ भन्नेमा हामी स्पष्ट छौँ । तर व्यवस्थापनको नाममा नेपालको संविधान र प्रेस नियमनका विश्वब्यापी लोकतान्त्रिक मान्यता विपरीतका कदमहरूको संघले सदैव प्रतिरोध गर्ने स्पष्ट पारिएको छ ।
यसैवीच यसअघिनै अनलाइन सञ्चारमाध्यमबारे सरकारले जारी गरेको निर्देशिकाका कतिपय प्रावधान संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यता विपरीत रहेको ठहर गर्दै नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनले निर्देशिका नेपालको संविधान २०७२ ले दिएको प्रेस स्वतन्त्रता विपरीत भएको जनाउँदै निर्देशिकाको खारेजीको माग गरिसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031