काठमाडौ ज्येष्ठ २६, ईश्वरलाल स्मृति प्रतिष्ठानद्वारा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच उद्योगपति तथा समाजसेवी स्व ईश्वरलाल श्रेष्ठको व्यक्तित्वमा आधारित रहेर लेखिएको ‘स्मृतिमा ईश्वरलाल’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । १९८८ भदौ २ गते जन्मिनु भई
२०७१ कात्तिक १४ मा मृत्यु हुनुभएका श्रेष्ठले आफ्नो जीवनकालमा नेपाल चेम्बर अफ कमर्स साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान संरचना बनाउँन महत्वपूर्ण योगदान दिनुभएको थियो ।
त्यस्तै गरि शैक्षिक जगततर्फ हिरालाल क्याम्पस लगायतका थुप्रै सैक्षिक संस्थको समेत स्थापनामा महत्वपूर्ण योगदान गर्नु भएका श्रेष्ठले समाजस्वको क्षेत्रमा समेत अद्दितिय योगदान गर्नु भएको छ । सा���्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले पुस्तक सार्वजनिक गर्नुभएको थिायो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवमे पूवए उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रतिष्ठानद्दारा सुरु गरिएको प्रस्तुत कार्यक्रमको सराहना गर्दै उहाँको नाममा विधागत पुरस्कारको समेत स्थापना गर्न सुझाव समेत दिनु भएको थियो । कर्पोरेट विजनेश म्यागेजिनको प्रकाशन एवम् शिशिर सापकोटाको सम्पादन रहेको प्रस्तुत पुस्तकमा पाँच खण्डमा समाजसेवी श्रेष्ठको व्यक्तित्वबारे उहाँका समकालीन समकक्षी तथा परिवारिक सदस्यको अनुभव र अनुभूति समेटिएको छ ।
जसमध्ये खण्डक क अन्र्तगत सहकर्मी संस्मरण अन्र्तगत साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धर , चिरञ्जिीवीनिधी तिवारी कल्याण गोविन्द श्रेष्ठ महेशलाल प्रधान , राजेशकाजी श्रेष्ठ , पद्म ज्योति , लोकमानन्य गोल्छा , सुरेन्द्रवीर मालाकार दिपक श्रेष्ठ, लगायतका व्यक्तित्वको संस्मरणात्मक लेख समेटिएको छ भने खण्ड ख मा पारिवारिक संस्मरण त्यस्तै गरि खण्ड ग घ र ङ मा अन्र्तवार्ता , विविध र फोटो फिचर समावेस गरिएको छ ।