बिहिबार, चैत्र १६, २०७९

सनराइज र नारायणी नेशनल फाइनान्सवीच प्राप्तीको अन्तिम सम्झौता

सनराईजद्धारा १० जना दृष्टिविहिनहरुलाई सहयोग

काठमाडौ ज्येष्ठ १९,  गत ज्येष्ठ ३ गते नेपाल राष्ट्र बैंकको तर्फबाट ले सहमति प्राप्त भएपछि सनराइज बैंक र नारायणी नेशनल फाइनान्स लिमिटेड विच सनराइज बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती (एक्विजिसन)  गर्ने सम्वन्धी अन्तिम सम्झौता भएको छ । IMG_4708[1]सम्झौतामा बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष श्री मोती लाल दुगड र फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले हस्ताक्षर गर्नुभएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सम्झौता अनुसार शेयरधनीहरुको सहमती लिने गरि दुबै संस्थाको विशेष साधारण सभा यहि २०७३ ज्येष्ठ २० गते बोलाइएको छ । विशेष साधारण सभाबाट प्रस्ताव पारित भएलगत्तै अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने उल्लेख गरिएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त गरी आगामी आषाढ समान्त भित्रै एकिकृत कारोबार प्रारम्भ गर्ने योजना रहेको जनाइएको छ । प्राप्ती पश्चात बैंकको चुक्त पुँजी ४ अर्ब पुग्ने, शाखा संख्य ६७ पुग्नुका साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने समेत उल्लेख गरिएको छ ।

यसैवीच सनराईजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मिति २०७३ जेष्ठ १७ गते काठमाडौंको थलीमा युवा अपाङ्ग संगठन नेपाल संस्थाद्वारा आयोजित “अपाङ्ग सहयोग सामग्री वितरण” कार्यक्रम मार्फत १० जना भूकम्प प्रभावित दृष्टिविहिनहरुलाई सहयोग स्वरुप सेतो छडी प्रदान गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031