बिहिबार, चैत्र १६, २०७९

सञ्चारकर्मी माथि भएको सांघातिक आक्रमणप्रति यूनियनको गम्भीर ध्यानाकर्षण

कुटपिटमा संलग्नलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौं ज्येष्ठ २८ , एमालेका पूर्व जिल्ला सचिव बुद्धिकुमार राजभण्डारी र आश्विन थापाले समाचार प्रसारण गरेकै आधारमा हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद भानुभक्त निरौलामाथि द्धारा सांघातिक आक्रमण गरेको छ ।
press realese-Solukhumbu-Bhanu-2073-02-28नेपाल प्रेस युनियनले संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्दै समाचार लेखेकै आधारमा धम्की दिदै, सञ्चारकर्मी माथि सांघातिक आक्रमण गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाउँदै आक्रमणप्रति यूनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका उप—महासचिव सलोजा दाहालद्दारा आज जारी विज्ञप्तिमा स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक समेत रहेका राजभण्डारीले सञ्चारकर्मी निरौलालाई ‘तेरो रेडियोमा शान्ति समितिको समाचार किन प्रशारण गरिस्‘ भन्दै भौतिक आक्रमण गरेको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा आक्रमणकारीलाइ कानुनी कारवाही गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस यूनियनले माग गर्दछ ।

यसैवीच नेपाली काँग्रेसले पनि प्रेस युनियन सोलुखुम्बुका सदस्य एवम् रिपोर्टर्स क्लब पूर्वाञ्चलका अध्यक्ष भानुभक्त निरौलालाई नेकपा एमाले० कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएकोमा आपत्ति जनाएको छ ।  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु अगाडि निरौलामाथि एमाले कार्यकर्ताले सुनियोजित आक्रमण गरेको जनाइएको छ । कुटपिटपछि निरौला गम्भीर घाइते हुनुभएको छ । काँग्रेसले घटनाको निन्दा गर्दै अवाञ्छित र उच्छृङ्खल क्रियाकलापमा संलग्न व्यक्तिको खोजी गरी कडा कारबाहीको माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031