काठमाडौ ज्येष्ठ २५, जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रीत आन्दोलनमा उत्रेका २९ दल आबद्ध संघीय गठबन्धनले आजदेखि रिले अनसन सुरु गरेको छ । काठमाडौंको खुलामञ्चमा सुरु गरिएको अनसनमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेता सहभागी छन् ।
यसअघि विरोधसभा त कहिले सुहदरवार घेराउ लगायतका विरोधका कार्यक्रम गर्दै आएको गठबन्धन आज बिहानदेख खुलामञ्चमा अनशनमा बसेको हो । विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ । रिले अनशनमा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरत्सिंह भण्डारी लगायतको सहभागिता छ । गठबन्धनले प्रत्येक दिन एक दलबाट एक जनाका दरले अनशन बस्ने गठबन्धनले जनाएको छ ।