मङ्लबार, चैत्र १४, २०७९

संघीय गठबन्धनको मागप्रति नयाँ शक्तिका संयोजक डा.भट्टराईको ऐक्यबद्धता

काठमाडौ ज्येष्ठ २७, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले उपेन्द्र यादव संयोजक रहेको २९ दलीय संघीय गठबन्धनको मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ । गठबन्धनको खुला मन्चमा जारी रिले अनशलाई समर्थन गर्न खुला मन्च पुग्नुभएका संयोजक भट्टराईले Baburam_at_Khullamunch_(2)_(1)[1]गठबन्धनको जायज मागप्रति ऐक्यबद्धता जनाउनु भएको हो । ‘नेपालका मुस्लिम, आदिवासी, जनजातीहरुको हक र हितको लागि नयाँ शक्तिको स्थापना गरेको हुँ, संयोजक भट्टराईले भन्नुभयो,  त्यसैले गठबन्धनको जायज मागप्रति नयाँ शक्तिको ऐक्यबद्धता छ ।’

भट्टराईले ज्येष्ठ ३० गते नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रममा सहभागी हुन समेत सबैलाई आग्रह गर्नुभयो । सरकारले आन्दोलनरत दलको माग चाँडो भन्दा चाँडो समाधान गर्नु पर्ने उहाँको धारणा थियो । संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओलीले आन्तरिक समस्यामा गम्भीर नभएर मुलुकलाई अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको बताउनुभयो । उहाँले मुलुकमा अन्तराष्ट्रिय शक्तिहरुको हस्तक्षेप रोक्न सरकारले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका दलका माग सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आान्दोलनरत दलका माग सम्बोधनका लागि सीमांकन हेरफेर गरेर संविधान संशोधनको विकल्पको लागि तयार हुनुपर्ने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031