काठमाडौं ज्येष्ठ २३, विश्व वातावरण दिवसको अवसरमा वातावरणमा परिरहेको प्रभाव र त्यसले पारेको असरबारे तयार पारिएको कार्टुन प्रदर्शनी आजदेखि सुरु भएको छ । वन्यजन्तु पीडित उद्धार कोष, डब्लुडब्लुएफ नेपाल, कार्टुनिस्ट क्लब अफ नेपाल, दि आर्ट क्लब नेपाल, रेड
कार्यान्वयन केन्द्रको सहकार्यमा आयोजित प्रस्तुत प्रदर्शनी साताव्यापी रुपमा प्रर्दशन गरिने भएको छ ।
वातावरणविद् डा. तीर्थ बहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको कार्टुन प्रदर्शनीमा २० जना कार्टुनिष्ट क्रमस दुर्गा बराल ‘वात्स्यायन’, अशोकमान सिंह, अविन श्रेष्ठ, धिरेशकुमार दहाल ‘डिकेड’, राजेश केसी, देवेन्द्र थुम्केली, केशव राज खनाल, जीवन राजोपाध्याय, दीपक गौतम, उमेशचन्द्र अधिकारी, भानु भटट्राई, सुदर्शन विक्रम राणा, सुनिता राणा, हिमालय गौतम, रविन्द्र मानन्धर, योगेश कुमार खपाङ्गी, सागर शाह, रवि मिश्र, अकृन र आर. के. थापाको का करीब चार दर्जन कार्टुन राखिएको छ ।
त्यस्तै प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वातावरणका क्षेत्रमा कार्टुनिस्टले प्रभाव पार्ने किसिमका कार्टुन बनाएको बताउँदै उहाँले ‘आम मानिसले सहजै बुझ्ने वातावरणीय प्रभावका विषयलाई कार्टुनले सशक्त रुपमा उठाउन गरेको बताउनु भएको छ ।
साथै आयोजक संस्था वन्यजन्तु पीडित उद्धार कोषका अध्यक्ष डा. प्रभु बुढाथोकीले विश्वमा वातावरणका क्षेत्रमा परेको प्रभावलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर कलासँग जोडेर वातावरणमा परेको प्रभावलाई जनचेतना जगाउने उद्देश्यसहित यो प्रदर्शनी गरेको जानकारी दिनु भएको छ ।
त्यस्तै कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष अविन श्रेष्ठले कार्टुन समाजमा जनचेतना बढाउनमा कार्टुनले भूमिका खेल्ने सक्ने बताए । उनले भने, ‘राजनीतिक तथा सामाजिक कार्टुन बनिरहेको अहिलेको अवस्थामा वातावरणसम्बन्धी कार्टुन बनाउने यस कार्यले समाजमा फरक किसिमले प्रभाव पार्ने विश्वास लिन सकिने बताए । डब्लु डब्लु एफका डा. यादव कँडेल, रेड कार्यान्वयन केन्द्रका प्रमुख प्रकाश प्याकुरेल, कलाकार शान्तकुमार राई,योगेशकुमार खपाङ्गी लगायतले वातावरण जोगाउने अभियानमा कार्टुनिस्टहरु सहभागी हुनु उदाहरणीय रहनुको अलावा समाजमा जनचेतना जगाउन यो प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुने बताउँनुको अलावा विश्वको वातावरणीय परिवर्तन यसबाट भइरहेको प्रभावबाट भविस्यमा आउन सक्ने अनेकौं समस्यालाई मध्येनजर गरी सचेत रहन उत्साहमूलक सन्देश दिएको अभिव्यक्ति दिएका थिए ।