बिहिबार, चैत्र १६, २०७९

राजधानीको मरुटोलमा लुमधि भद्रकाली खद्गसिद्धि जात्रा हुँदै

काठमाडौं ज्येष्ठ २५ , मरु त्वा स् पुचको आयोजनामा आगामी शुक्रवार र शनिवार राजधानीको मरुटोलमा लुमधि भद्रकाली खाद्गसिद्धि १२ वर्ष जात्राको आयोजना गरिने भएको छ ।  यसअघि गत आइतवार राजधानीमा प्रत्येक १२ वर्षमा हुने श्री वटु भद्रकाली खड्ग सिद्धि जात्रा अन्र्तगत आइतवार राजधानीको संकटा बहालमा भद्रकाली नाच नचाइएको छ । यसअघि मखन तारणी बहाल, इन्द्रचोक, वटु, हाडिगाउँ, नक्साल, IMG_7334sjh_roadphotography_wochu-bhadrakali-12-barse-jatra_072-e1445698289337टोखा, माथिल्लो थकु जुजु बहाल , तल्लो थकु जुजुबहालमा नाच प्रदर्शन गरिसकेको छ ।

यसैक्रममा वटुस्थित द्यस् छेँ मा कलेवर पोसाक, मुकुट, गरगहना लगाई महाबौद्ध–न्यूरोड, सुनधारा– खिचापोखरी–गणेश मन्दिर हुँदै टेस्बहालस्थित द्यस् छेँमा जाने क्रममा नगर परिक्रमाकोक्रममा गणेश मन्दिरमा पुगेपछि लुमडी गुठीलगायतले देवगणहरूलाई सुगन दिइ स्वागत एवम् टुँडिखेलमा लगिएको थियो । त्यहाँ देवगणहरूबीच एउटा भेडा छाडिएको थियो । उक्त भेडालाई देवगणहरूले समातेर वध गरेका थिए । प्राचिन कालमा देवगण र राक्षसबीच युद्ध हुदा राक्षसहरू भेडाको रूप धारणा गरि बथान भित्र लुक्न गएका थिए । यसरी लुक्न गएका राक्षस रूपी भेडालाई पहिचान गरि देवताहरूले समाटेर वध गरिएको कथनलाइ नाचमा केन्द्रीत गरि देखाइएको थियो ।

त्यस्तै जात्रा कार्यक्रम आयोजना समितिका संयोजक बसन्त श्रेष्ठले मरु टोलमा आयोजना प्रस्तुत जात्रामा यथासक्य सहयोग सहित सहभागी भइ धर्म लाभ गनुृहुँन अनुरोध गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031