काठमाडौं ज्येष्ठ २६, वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनप्रति राष्ट्रपति,उपराष्ट्रपति पूर्व राष्ट्रपति प्रधानमन्त्री, गृहमन्त्रीलगायत विभिन्न दलका नेताहरूले गहिरो दु : ख व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गर्दै उनीहरूले गुरुङको निधनले नेपाली संगीतक्षेत्रमा अपूरणीय क्षति
पुगेको जनाएका छन् ।उहाँले नेपाली गीतसङ्गीतको क्षेत्रमा गर्नु भएको योगदान आफैमा महत्वपूर्ण रहेको छ । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए , ‘म अम्बर हुँ, तिमी धर्ती ’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति एवम् वरिष्ठ सङ्गीतकार अम्बर गुरुङकोगुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान झण्डै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रष्तिठान परिसरमा राखिएको थियो । स्व गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नन्दबहादुर पुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङ, सञ्चार मन्त्रालयका सचिव दिनेशचन्द्र थपलिया नेपाली राष्ट्रगानका रचयिता ब्याकुल माईला नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय लगायतका उल्लेख्य व्यक्तित्व सर्वसाधारण प्रज्ञा–प्रतिष्ठान पुग्नु भएको थियो ।