काठमाडौं ज्येष्ठ २१, बोधीसत्व ग्यालरीको आयोजनामा नेपालका चर्चित युवा कलाकार समुन्द्रमान सिंह श्रेष्ठको Embodied
Enlightenment शीर्षकमा ऐतिहासिक परम्परागत पौभा कलाको नयाँ शैली सहित एकल पौभा कला प्रदर्शनी राजधानीको बबरमहलस्थित आर्ट ग्यालरीमा जारी रहेको छ । प्रदर्शनीमा कलाकार समुन्द्रमानले पौभा कलाको अतिनै दुर्लभ एवम् लोपोन्मुख पुरातात्विक सम्पदालाइ क्यानभासमा उतारेर प्रदर्शनी गरेको हो । गत आइतबार एक कार्यक्रमकावीच नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी आगामी ज्येष्ठ २७ गतेसम्म चन्ले बताईएको छ ।
दुई दशक अघिदेखि यस क्षेत्रमा निरन्तर लागि पर्दै आइरहेको कलाकार श्रेष्ठले तयार पारेको ७१ थान कलाकृति प्रदर्शनाीमा राखिएको छ । त्यसोत परम्परागत कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो । त्यस्तै ग्यालरी सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यको संकलनमा रहेका ४४ वटा चित्र र बाँकी चित्र अन्य सातजना कला संकलकबाट कलाकृति ल्याई प्रदर्शनीमा राखिएको छ भने प्रर्दशीत ७१ कलाकृतिमध्ये ९ वटा चित्र नेपालबाट बेलायत, जर्मनी, अमेरिकाका कला संकलकसँग रहेका श्रेष्ठका चित्र पनि ग्यालरी सञ्चालकले खरीद गरी नेपाल ल्याइएको छ ।
साथै प्रदर्शनीमा परम्परागत क्षेत्रका कलाकारलाई सुरुदेखिका कलाकृति संकलन गरेर प्रदर्शनी गर्नु गाह्रो विषय हो । किनभने धेरैजसो चित्र बिक्री हुने कारणले यसरी एकचोटि संकलन गरी प्रदर्शन गर्नु कठिन काम हो । तर बोधिसत्व ग्यालरीले सम्भव भएजति कलाकृति विभिन्न देशबाट संकलन गरेर यो प्रदर्शनी सम्भव तुल्याएको छ । प्रदर्शनीमा राखिएका मेरा कलाकृतिमा परम्परागत चिन्तन र शैलीलाई पृथक ढंगबाट पस्कने कोसिस गर्दै परम्परागत एवम् पुरातात्विक सम्पदालाई साङ्केतिक रुपमै भएपनि समेट्ने कोसिस गर्रिको कलाकार समुन्द्रमान सिंह श्रेष्ठले बताए ।
प्रदर्शनीमा सबैभन्दा सानो .७ सेमी ह .५ सेमीको पूर्णकदको बुद्धको चित्र प्रदर्शनीको सबैभन्दा आकषर्णको केन्द्रको रुपमा रहेको छ । त्यस्तै प्रदर्शनीमा ७ फिट ठूलो शिवशक्ति शीर्षकको चित्र समेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ‘बज्रपाणी भैरव’, ‘नृत्य मुद्राको शिवशक्ति’, ‘निराकार’, ‘महाँकाल भैरव’, ‘नृत्यमुद्राको गणेश’ लगायतका ७१ थान चित्र प्रदर्शनीमा राखिएको छ ।