बिहिबार, चैत्र १६, २०७९

बजेट पत्रकारमैत्री बन्न नसेकोमा महासंघ जिल्ला शाखाको गम्भीर आपत्ति

काठमाडौं ज्येष्ठ २३, प्रधानमन्त्री केपी नेतृत्वको गठबन्धन सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आव २०७३/७४ को बजेटमा पत्रकारका विषयलाई प्राथमिकता नदिइएको भन्दै नेपाल पत्रकार महासङ्घका तीनवटै जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महासङ्घका काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले आज संयुक्त विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रले बजेटमा यसअघि महासङ्घले उठाउँदै आएको लोकल्याणकारी विज्ञापनको अङ्क वृद्धि, सरकारी विज्ञापनको समानुपातिक वितरण प्रणाली तत्काल लागू गरिनुपर्ने, अशक्त एवम् ज्येष्ठ पत्रकार सम्मानवृत्ति कोषको घोषणा, राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र आमसञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठानको स्थापना लगायतका मुद्धा सम्बोधन गर्ने पूर्णत आश्वासन प्राप्त भएपनि बजेट प्रस्तुतिको क्रममा ति मुद्धा सम्बोधन नभएको भन्दै गम्भीर ध्यानाकर्षण सहित प्रस्तुत बजेट पत्रकारमैत्री हुन नसकेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।  त्यस्तै मुलभुत मुद्धाको सम्बोधन नभएपनि सरकारी अस्पतालमा पत्रकारका लागि ५० प्रतिशत उपचार खर्चमा छुटको व्यवस्था गरिएकाप्रति भने शाखाले विज्ञप्ति मार्फत खुसी व्यक्त गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031