आइतवार, चैत्र १२, २०७९

प्रवेशिका परीक्षा परीक्षा परीक्षाफल आषाढ १० भित्र

काठमाडौ ज्येष्ठ २२,  वर्ष २०७२ को प्रवेशिका परीक्षा परीक्षा परीक्षाफल आगामी असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।   पनिका सम्वद्धस्रोतका अनुसार अहिले परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिनुको अलावा 1817960720_1442469070प्राप्ताङ नम्बरको तथ्यांक भर्ने कार्य भइरहेको र यसलगत्तै ग्रेडिङको काम सुरु गरिने बताइएको छ। पनिकाले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षरांकन प्रणाली ग्रेडिङमा परीक्षाफल प्रकाशित गर्दैछ ।

यसपटक प्रकाशित हुँने परिणाम अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षरांकनमा राखिएको पनिकाले जनाएक��� छ ।  परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए ।
जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए ।