बिहिबार, चैत्र १६, २०७९

परम्परागत,स्थानीय पोषिलो खाद्य पदार्थहरुलाई प्रबर्धन गर्दै खाद्य मेला सम्पन्न

काठमाडौं ज्येष्ठ २३ , परम्परागत, पोषिलो स्थानीय खाद्य पदार्थको प्रबर्द्धन, असल खानपानका लागि खानेबानीमा परिवर्तनू भन्ने नाराका साथ देशमै पहिलो पटक खाद्य मेलाको आयोजना गरिएको छ ।  क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बिराटनगरको आयोजना एवमे Press_release_after_completion_of_Khadya_Mela[1]क्षेत्रीय कृषि निर्देशनालय बिराटनगर, व्यवसायिक कृषि तथा व्यापार आयोजना कार्यान्वयन सहयोग समूह कार्यालय बिराटनगर, ओखलढुंगा उद्योग बाणिज्य संघको सहआयोजनामा ओखलढुंगामा सम्पन्न उक्त मेलामा परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिलो खाद्य पदार्थहरुलाई प्रबर्धन गर्दै स्थानीय जनताको खानेबानीमा परिवर्तन गर्ने उद्देश्यका साथ आयोजनागरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा कृषि विकास मन्त्रालयका सचिब, उत्तम कुमार भट्टराईको प्रमसख आतिथ्यतामा आयोजित उक्त मेलामा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक स~जीवकर्ण लगायत अन्य विशिष्ट व्यक्तित्वहरुले उपस्थिती रहेको थियो । मेलामा २०,००० भन्दा बढी अवलोकनकर्ताहरुको उपस्थिति रहेको थियो भने  १५ लाख   रुपैया भन्दा बढीको कारोबार भएको भने मेलामा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्व, होम स्टे, होटल, खाद्य व्यवसायी, खाद्य उद्यमका लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रबिधिसंग सम्बन्धित शैक्षिक संस्थाहरु, खाद्य पोषणसंग सम्बन्धित गैर सरकारी संस्थाहरुको स्टल ५६ वटा स्टल रहेको थियो ।  मेलाका स्टलहरु मध्ये चार वटा विधामा मुल्यांकन गरि प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना गरि १६ वटा स्टललाई पुरस्कृत गरिएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप क्रमशस् नगद रु १०,०००- ८,०००-, ६,०००- र ४,०००- तथा प्रमाण पत्र वितरण गरिएको जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031