बिहिबार, चैत्र १६, २०७९

नयाँ शक्तिको नेपालको पदयात्रा सुरु, पदयात्रा पछि औपचारिक कार्यक्रमको सुभारम्भ गरिने

काठमाडौ ज्येष्ठ ३०, दशरथ रङ्गशालामा मध्याह्न सुरु हुने नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट पदयात्रा सुरु भएको छ । प्रस्तुत पदयात्रा दशरथ रङ्गशालामा प्रवेश गरी सभामा परिणत हुने बताईएको छ । पदयात्रालाई naya-shakti-flge-300x183 (1)सवारीसाधनलाई अवरोध नगर्ने गरी व्यवस्था मिलाइएको सम्वद्धस्रोतले जनाएको छ ।

पदयात्रा पछि हुने सभामार्फत मा पूर्वप्रम समेत रहेको डा बाबुराम भट्टराईले संयोजन गरिरहनुभएको नयाँ शक्तिक नेपाल पार्टीको औपचारिक स्थापनाको घोषणा गरिने र ‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढी संस्थापक सदस्यलाइ आज एकै पटक सामूहिक सपथ ग्रहण समेत गराइने तयारी रहेको बताईएको छ ।

त्यस्तै पार्टी घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताको अलावा नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको पार्टीले जनाएको छ भने शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप बर्मा लगायत काठमाडौँ आइपुगिसकेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031