आइतवार, चैत्र १२, २०७९

द्वन्द्वको नाममा मानव अधिकारको उल्लङ्घन गर्ने जोसुकैभएपनि कारबाही गरिनु पर्नेमा सभापति देउवाको जोड

काठमाडौ ज्येष्ठ २१, काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल मानव अधिकार सङ्गठनले आज राजधानीमा आयोजित ‘द्वन्द्व समाधान र न्याय’ विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै सशस्त्र द्वन्द्वको नाममा मानव अधिकारको उल्लङ्घन गर्ने जोसुकैभएपनि उन्मुक्ति नभइ sher-bahadur-deuwa3कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने जिकिर गर्नु भएको छ । बताउनुभएको छ । साथै उहाँले सशस्त्र द्वन्द्वका समयमा सेना र प्रहरी र माओवादीको तर्फबाट जसले पनि मानव अधिकारको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिनु भएको हो ।

त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति कायम गराउन सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वका घटनालाई मेलमिलापमा टुङ्ग्याउनु पर्ने र यसलाइ विवादको विषय बनाइनु नहुँनेमा आफ्नो अभिमत प्रकट गर्नु भएको छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुवोध प्याकुरेल, राष्ट्रिय द्वन्द्वपीडित समाजका अध्यक्ष एवम् काँग्रेस नेता कुलबहादुर गुरुङ, बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ, सङ्गठका अध्यक्ष ईन्द्र अर्याललगायतका वक्ताले सत्य निरुपण आयोगले मुद्दालाई तामेलीमा राखे उजुरी गर्ने ठाउँको व्यवस्था नभएकाले ऐनले नभई पीडितले नै माफी दिनुपर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको थियो ।