बिहिबार, चैत्र १६, २०७९

दीक्षित परिवारको जग्गा रोक्का गर्न आयोगको निर्देशन

काठमाडौ ज्येष्ठ २७,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको परिवारको स्वामित्वमा मुलुकभर रहेको अचल सम्पत्ति रोक्का गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय र मालपोत कार्यालयलाई निर्देशन दिएको छ ।
Commission for the Investigation of Abuse of Authority-1आयोगले आज जारी विज्ञप्तिमा स्वर्गीय रानी जगदम्बाको नाममा स्थापित ‘जगदम्बा दातब्य औषधालय’ तथा स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित ‘मदन धारा समिति’ का नाममा देशका विभिन्न भागमा रहेका जग्गा अनियमितता नहोस भन्ने तर्फ ध्यान दिदै आयोगले त्यस्ता अचल सम्पत्ती हाललाई रोक्का राख्न सम्बन्धित नेपाल सरकार, भूमी सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय गरेको स्व  उल्लेख गरिएको छ ।

  त्यसतै विज्ञप्तिमा आयोगले रानी जगदम्बाले विसं २०१५ असोज २४ गतेको लिखतद्वारा आफ्नो नाम अमर राख्ने उद्देश्यले जगदम्बा दातव्य औषधालय स्थापना गर्न आफ्ना सचिव कमलमणि दीक्षितलाई सञ्चालक समितिको सदस्य बनाउने सर्तमा ४० हजार कम्पनी दिएको, सोही उद्देश्यअनुसार तेह्रथुम जिल्लाको आठराई सङ्क्रान्ति र मोरङको दुलारी– ५ मा ४८ बिघा खरिद गरेको अनुसन्धानका क्रममा देखिएको जनाएको छ ।

साथै पाटन कलेजलाई जगदम्बाले पाटन कलेजलाई दान दिएको भनिएको  ललितपुर उपमहानगरपालिका–३ अन्तर्गतका कित्ता ८०, ८१, ८२, ८३, ८४ र ८५ को पाँच रोपनी जग्गा पनि जगदम्बा प्रेसको नाममा दर्ता गरेको देखिएको जनाउँदै आयोगले कनकमणि र कुन्द दीक्षित तथा उहाँको परिवारको नाममा रहेका अन्य सबै जग्गा पनि रोक्का लगाउनुपर्ने भन्दै  ज्येष्ठ १६ गतेको निर्णयानुसार कमलमणि र उहाँका परिवारका अन्य सदस्यको नातेदारले हदबन्दीभन्दा बढी लुकाइराखेको १७ रोपनी १३ आना जग्गाका बारे भूमिसुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि सरकारका विभिन्न निकायलाई पत्राचार गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031