बिहिबार, चैत्र १६, २०७९

झापामा राप्रपा नेपालको जिल्ला अधिवेशनको सरगर्मी, अध्यक्षमा विश्वनाथको उम्मेद्वारी घोषणा

बिर्तामोड ज्येष्ठ २० ,राप्रपा नेपाल झापाको जिल्ला अधिवेशन नजिकिएसँगै नेतृत्वको वहस तातिएको छ । आगामी ज्येष्ठ २५ गते बिर्तामोडमा हुन गइरहेको पार्टीको तेस्रो जिल्ला अधिवेशनमा पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठले पार्टीको जिल्ला biswanath gअध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान कार्यकर्ताको रुपमा परिचित श्रेष्ठलाई नै जिल्ला अध्यक्षमा सर्वसम्मत गराउनको लागि समेत पहल शुरु भएको बताइएको छ । अघिल्लो दिन २४ गते हिन्दू जागरण अभियानको बिर्तामोडमै पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्नेछन् । भोलिपल्ट पार्टीको अधिवेशन महामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ ।
भद्रपुर–८का स्थानीयवासिन्दा श्रेष्ठले आफूलाई राप्रपा नेपालको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पने हो भने बिर्तामोडमा पार्टीको आफ्नै कार्यालय भवन यही कार्यकालमा बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै अन्य पार्टी सरह राप्रपा नेपालका नेताहरुलाई झापामा आउँदा प्रशासनिक तथा राजनीतिक क्षेत्रबाट विशिष्ठ व्यक्तित्वको सम्मान प्रदान गर्न पहल गर्ने, संगठन सुदृढीकरण सशक्त रुपमा गरी पार्टीलाई जिल्लाकै अग्रणी पार्टीको रुपमा स्थापित गर्न पहल गर्ने समेत बताएका छन् ।
पार्टी अधिवेशनमा जिल्लाका ५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031