मङ्लबार, चैत्र १४, २०७९

झापामा कार्यरत चिकित्सकको कार्यशैलीको छानविन गर्न प्रमको ओलीको निर्देशन

बिर्तामोड ज्येष्ठ ३०, प्रधानमन्त्री केपी ओलीले झापामा कार्यरत चिकित्सकले कमिशनको लोभमा विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको र सरकारी चिकित्सक निजी क्लिनिक तथा हस्पिटलमा गएर काम गरिरहेको विषयमा छानविन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार राति नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ लाइभ कार्यक्रममा त्यस सम्बन्धी विभिन्न क्षेत्रबाट गरिएको oli kp bijayaप्रश्नको जवाफ दिँदै त्यस्तो निर्देशन दिएका हुन् । झापाका विभिन्न क्लिनिक र हस्पिटलमा कार्यरत चिकित्सकले कमिशनको लागि विरामीलाई जालझेल गरेर पैसा कमाउने मात्र सोच राखेको भन्ने विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रम ओलीले जनताको सेवालाई उच्च प्राथमिकता दिन त्यस्ता चिकित्सकलाई भनेका छन् । रगत जाँच लगायत विभिन्न प्रकारको स्वास्थ्य परीक्षणका लागि झापाका चिकित्सकलाई भारतीय हस्पिटलले मोटो रकम कमिशन दिने भएकाले उनीहरुले विरामीलाई सोझै भारतमा रेफर गर्ने गरेको, उपचारका नाममा बर्षेनि मेची अञ्चलबाट करोडौं रुपैयाँ भारततर्फ गइरहेको, चिकित्सक सेवाभन्दा पनि कमाउने धन्दामा अग्रसर भएको भनी विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष गुनासो पोखिएको थियो । त्यस विषयमा आफू गम्भीर भएको भन्दै प्रम ओलीले तत्काल छानविन गर्न लगाउने बताए । उनले अनुमानका भरमा विरामीलाई भारत रेफर नगर्न र पैसाका लागि जालझेल नगर्न चिकित्सकलाई सुझाएका छन् ।

उक्त कार्यक्रम मार्फत झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलको समेत ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य क्षेत्रमा बढेको त्यस्तो विकृतिको तत्काल छानविन गरेर आवश्यक कार्वाही अघि बढाउन कार्यक्रममार्फत प्रजिअ भुजेललाई भनिएको छ । कानुन विपरीत झापामा सरकारी चिकित्सक निजी क्लिनिक र हस्पिटलमा कार्यरत रहेको, कमिशनका लागि रगत परीक्षणदेखि एमआरआईसम्मका सबै परीक्षण गर्न झापाका चिकित्सकले भारतका शिलगढीका हस्पिटलमा रेफर गर्ने गरेको, एम्बुलेन्सले पनि हस्पिटलबाट कमिशन लिने गरेको, झापाका निजी क्लिनिकहरु मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेको घटना विभिन्न सञ्चारमाध्यमले सार्वजनिक समेत गरेका छन् । त्यस्तै सचेत नागरिक समूह झापा नामको संस्थाले पनि स्वास्थ्य क्षेत्रका त्यस्ता विकृति बारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको समाचार सार्वजनिक भइसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031