आइतवार, चैत्र १२, २०७९

काठमाडौं महानगर बायोग्यास उत्पादको अन्तिम तयारीमा

काठमाडौं ज्येष्ठ २६, फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्ने लक्ष्य अनुरुप काठमाडौं महानगरपालिकाले Captureफोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको र यसको लागि आवश्यक मेसिन ल्याउने तयारी भइरहेको जनाएको छ ।

भारतबाट मेसिन आइपुग्ने सिवत्तिकै बायोग्यास उत्पादको काम सुरु हुने जानकारी दिदै कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नमुना परियोजना अन्र्तगत प्रस्तुत कार्ययोजना तत्काललाइ कामपाको वडा नम्बर २१, १२, १९ र २० मा कुहिने र नकुहिने फोहरको पहिचान गर्दै १४ किलोवाट बायोग्यास उत्पादन गर्ने महानगरको तयारी रहेको जानकारी दिनु भएको छ ।

कामपामा अहिले दैनिक कुहिने र नकुहिने गरी ४५० टन फोहर उत्पादन हुने र यसमध्ये ६३ प्रतिशत जैविक फोहर रहने गरेको महानगरको भनाइरहेको छ ।