मङ्लबार, चैत्र १४, २०७९

अव सनराइजको ५औं शाखारहित बैंकिङ्ग सेवा डोटीको बानडुङग्रीसेन बजारमा

काठमाडौं ज्येष्ठ ३०, सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने रणनीति अनुसार आफ्नो ५ औं शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्ला गा.वि.स.वडा नं.३ स्थित बानडुङग्रीसेन बजारमा शुरू गरेको छ ।
विस्तारित उक्त सेवाको गा.वि.स. वडा नं.३ का सचिव लक्ष्मी कान्त रोश्याराले शनिबार एक कार्यक्रमकावीच गर्नुभएको थियो भने बैंकका बजार व्यवस्थापन प्रमुख श्रीमती रबिना आचार्यले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्यमाथि प्रकाश पार्नु भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि बैकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । यस अघि काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी, महोत्तरीको कान्तिबजार र मोरङ्गको डाँगीहाटमा बैंकका चारवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा ल्याइसकेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031