शुक्रबार, चैत्र १६, २०८०

सुरक्षाकर्मी आफुले नमागे सरकारलेनै उपलब्ध गराएको बाबुरामको जनाउ

नियम विपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल फिर्ता लैजान आग्रह

काठमाडौ ज्येष्ठ १२ , पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सरकारले नै उपलब्ध गराएको जनाउ दिदै सरकारको निर्णय र नियम विपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल फिर्ता लैजान आग्रह गरेका छन् ।

baburamत्यस्तै पूर्व प्रधानमन्त्री भट्टराईको सचिवालय द्दारा आज विज्ञप्तिमा मुख्य सचिवलाई नियम अनुसार मात्र आफूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख गर्दै भारतीय पक्षको अघोषित नाकाबन्दीको कारण इन्धनको अभाव भएको अवीथालाइ दृष्टिगत गर्दै गत असोजदेखि भट्टराईले अगुवा र पछुवा गाडी समेत प्रयोग नगरेका र आफ्नै गाडीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक जना सुरक्षा अधिकृत मात्र लिएर हिड्ने गरेको जनाएको छ ।

यसअर्थमा पनि ‘सरकारको निर्णय र नियम विपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल फिर्ता गर्न भन्दै आफुले यतिनै संख्यामा सुरक्षाकर्मी चाहन्छ भनेर कहिले नमागेको प्रष्ट पारेका छन ।