शुक्रबार, चैत्र १६, २०८०

सरकारविरुद्ध नेविसङ्घको विरोध प्रदर्शन

काठमाडौ ज्येष्ठ  ६,    सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनी मार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।  कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेताले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले सरकारले आफ्ना माग नसुनेमा आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका थिए ।

त्यस्तै  नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले यही ज्येष्ठ  १० गते बिहान ८ बजे एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गर्ने निर्णय  गरेको  जानकारी दिनु भएको  छ ।