मङ्लबार, बैशाख ११, २०८१

सरकारले फेरि असन्तुष्ट मधेसी मोर्चालाई संवादका लागि आब्हान गर्ने

काठमाडौ ज्येष्ठ ११, सरकारले फेरि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बार्ताकोलागि आब्हान गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सहभागी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली Captureकाँग्रेसलगायतका दलहरुको सुझावको आधारमा सरकारले फेरि बार्ताकोलागि आब्हान गर्ने लागेको हो ।
बैठकमा सहभागी काग्रेस नेता महेश आचार्यले मधेसी मोर्चालाई सहमतिमा नलिई संविधान कार्यान्वयन हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले आब्हान गरेर मात्रै बार्ता हुन नसक्ने तर्फ सचेत गराउँनुको अलावा गृहकार्य विना बार्ताको आब्हान गर्दा परिणाम नआउँने र यसको लागि पहिला बार्ताको बातावरण निर्माण गर्न जरुरी रहेको बताउँनु भएको छ । त्यस्तै नेता आचार्यले परिणाम मुखि बार्ताकोलागि सरकारलाई काग्रेसले पनि सहयोग गर्ने तयार रहेको भन्दै मोर्चालाई विश्वासमा लिन सुझाव दिनुभएको छ ।

बैठकमा आन्दोलनरत दल अनुपस्थित भएपछि सहभागी दलले प्रश्न गर्दा कानून मन्त्री अग्नी खरेलले मधेसी मोर्चाका नेताहरुसँग सहमति भएरै आज विहान नौ बजेकोलागि सर्वदलीय बैठक बोलाएको जानकारी दिदै मोर्चाकौ तर पछि मोर्चाले वार्तामा आउन नसक्ने जवाफ दिएको जानकारी दिनु भएको छ ।  त्यस्तै उहाँले प्रधानमन्त्री आफैले मोर्चाका नेताहरुसँग बैठक बोलाउने विषयमा कुराकानी गर्दै गत बैशाख ३० गते मोर्चाले पठाएको पत्रको जवाफसहित प्रधानमन्त्रीले पत्र पठाएको त्यस्तै पनि मधेस आन्दोलनमा घाईते भएकाको उपचार, क्षतिपूर्ति र शहीद घोषणको विषयमा काम भईसकेको र अरु विषयमा पनि काम भईरहेको जानकारी दिदै मधेसी मोर्चा नआउँदा आफूहरु आश्चर्यमा परेपनि फेरि सरकारले बार्ताकोलागि आब्हान गर्ने बताउँनु भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले आफ्नो पार्टी बार्ताबाटै समस्याको समधानको पक्षमा रहेको स्पष्ट पार्दै सरकारले फेरि बार्ताकोलागि बोलाउनु पर्ने सुझाव दिदै परिणाममुखी वार्ताको आफ्नो पार्टी प्रतिवद्ध भएको जनाउँ दिनु भएको छ । बैठकमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख दलका दोस्रो तहका नेता एवम् साना दलका अध्यक्ष सहभागी हुनुहुन्थ्यो ।