शुक्रबार, चैत्र १६, २०८०

सत्ता र शक्तिको उन्माद तत्काल बन्द गर्न युनियनको माग

  काठमाडौं ज्येष्ठ १३ , सरकारप्रति आफ्नो असन्तोष जनाउने क्रममा इशान थापा नाम गरेका व्यक्तिले सिंहदरवारको मुल ढोका भित्तामा रातो रङ पोखेको तस्विर खिचेको र बाटो पर्दा सो घटनालाई हेरेको भन्दै प्रहरीले सहयात्रा डटकमका प्रधानसम्पादक पत्रकार शेषनारायण झा journalist arrestसहितका व्यक्तिलाई पक्राउ गरेको घटनाको नेपाल प्रेस युनियनले आपत्ती प्रकट गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीद्दारा आज जारी प्रस विज्ञप्तिामा प्रस्तुत घटनापछि सरकारले सिंहदरवार वरिपरि सर्वसाधारणलाई उभिन समेत वन्देज लगाउँदै देखाएको रवैयाले जनउत्तरदायि भनाउँदो सरकारको प्रवृति आफैमा उदाङभएको भन्दै प्रस्तु घटनाप्रति युनियनको गम्भिर ध्यानाकर्षणा भएको उल्लेख गरेका छन ।

त्यस्तै विज्ञप्तिामा सरकारको ध्यानाकर्षण गराउन फरक किसिमको विरोधमा उत्रिएका व्यक्तिको समाचार संकलन र तस्बीर खिचेकैभरमा पत्रकारलाई पक्राउ गर्नु र सार्वजनिक अपराधको मुद्दा लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको ठहर गर्दै घटनाको निन्दा एवम् पत्रकार झाको रिहाइको माग गरेको छ । साथै अनाहकमा पत्रकार पक्राउ गर्नु सत्ता र शक्तिको उन्माद मात्र हो भन्दै यस प्रकारका हर्कत तत्काल बन्द गर्न सरकारसमक्ष माग गरेको छ ।