बुधबार, बैशाख १२, २०८१

सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ आज पनि जारी

काठमाडौ ज्येष्ठ ३,  मुलुकमा जारी नयाँ संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम आज दोस्रो दिन पनि जारी राखेको छ । आज बिहान १० बजेदेखि सिंहदरबारको हनुमानस्थान र माइतीघर मण्डलामा २९ दलीय Captureसङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले नाराबाजी गर्दै सडक अवरुद्ध गरी धर्ना दिदै घेराउ कार्यक्रमलाइ जारी राखेको हो ।

घेराउ कार्यक्रमको क्रममा माइतीघरमा प्रहरीसँग भएको सामान्य झडपमा परी आफ्ना तीन कार्यकर्ता घाइते भएको र उनीहरुको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको गठबन्धनले जनाउँदै सिंहदरबार घेराउ कार्यक्रम आज साँझ ५ बजेसम्म रहने गठबन्धनले जनाएको छ ।