बिहिबार, बैशाख १३, २०८१

संसदीय छानबिन विशेष समिति गठन पछि संसद बैठक सुचारु

  काठमाडौ ज्येष्ठ १८, नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले गत शनिवार प्रस्तुत गरेको आव २०७३/०७४ को बजेट संसदमा प्रस्तुत हुँनु पूर्वनै समाचारपत्रमा प्रकाशित भएको भन्दै व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठनको माग गर्दै संसद बैठक आज पनि अवरुद्ध गरेका छन । यस अघि सोमवार पटक पटक गर्दै प्रतिपक्षी दल काँग्रेसले संसद बैठक CA_20141009085850चार पटकसम्म अवरुद्ध गरेका थिए ।

त्यस्तै आजको लागि ११ बजेका लागि बोलाईएको पूर्व निर्धारित संसद बैठक सूचाम टाँस गर्दै १ बजेसम्मका लागि स्थगन गरिएको थियो । साथै यसवीचमानै संसदमा जारी अवरुद्धता खुलाउनका लागि प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलको बैठक प्रमको सरकारी निवास बालुवाटारमा बोलाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दलका कारण मङ्गलबारदेखि पटक पटक संसद् अवरुद्ध भएपछि संसद् खुलाउने बारेमा छलफल गर्दै प्रतिपक्षीदलको माग अनुरुप बजेट सदनमा प्रस्तुत गर्नु पूर्व नै बजेटका केही अंश चुुहाइएको विषयमा छानबिन गर्न गरेको मागमा संसदीय विशेष समिति गठन गर्न सत्ता साझेदार दलहरू सहमत भएका थिए ।

त्यस लगत्तै व्यवस्थापिका–संसद भवनमा भएको सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा सो समिति गठन गर्न सहमति गरेका छन । प्रस्तुत सहमति मुताविक व्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली, २०७० को नियम ११६ अनुसार संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको छ । सो प्रस्तावलाई नेकाका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको थियो । सो समितिको संयोजकमा नेकाका रमेश लेखक रहनुभएको छ । सो समितिमा आठजना सदस्य रहनुभएको छ । समितिको कार्यावधि तीन महिना पन्ध्र दिन तोकिएको छ भने समितिको कार्यक्षेत्रमा व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुपूर्व नै राजस्व र व्ययको वार्षिक अनुमान अन्तरनिहीत कतिपय तथ्याङ्क सार्वजनिक भएको सम्बन्धमा आवश्यक छानवीन गर्न भनेको छ ।  यसैवीच  व्यवस्थापिका–संसद्को बैठक सुचारु भएपछि   आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु गरिएको  छ । संसद्को अर्काे बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।