शुक्रबार, बैशाख ७, २०८१

संघीय गठबन्धनद्दारा नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक(विज्ञप्ति सहित)

राजधानी केन्द्रीत आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको जिकिर

काठमाडौ ज्येष्ठ १७, गत ज्येष्ठ १ गते यता देखि जारी संविधान र प्रादेशिक संरचनामा विमति जनाउँदै काठमाडौं केन्द्रीत आन्दोलन जारी राख्दै राजधानीका विभिन्न क्षेत्रमा विरोधसभाको आयोजना गरि सरकारको विरोध गर्दै आइरहेको संघीय गठबन्धनले आज आफ्नो जारी आन्दोलको 30052016044021gathbandhan-1000x0नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

गठबन्धनले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत आगामी ज्येष्ठ २५ गतेदेखि राजधानीको सहीद मञ्चमा दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन गरिने त्यस्तै जिल्लामा पनि सोहि मुताविकका कार्यक्रम गर्न तय गरिएको छ भने अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजनाका गरिने जनाएको छ ।

त्यस्तै गठबन्धनद्दारा आज जारी विज्ञप्तिमा प्रतिगामी तथा विभेदकारी संविधान विरुद्धको संयुक्त राष्ट्रिय आन्दोलन निरन्तर जारी रहेको जनाउँदै २०७३ ज्येष्ठ १ गतेबाट सुरु भएको राजधानी केन्द्रीत आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको उल्लेख गरेको छ ।

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवद्दारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गठबन्धनको आन्दोलनले सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइसक्दा पनि सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढेदै सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको जिकिर गरिएको छ ।

त्यस्तै सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुर्नसंरचना नै नगरी प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुले सङ्घीयता समाप्त गर्ने तिनीहरूको षड्यन्त्र स्पष्ट भएको छ । त्यसैले, वर्तमान प्रतिगामी तथा विभेदकारी संविधान पुुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल न्याय, समानता र उत्पीडनबाट मुक्तिका लागि हामी आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पीरदलित, मुश्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरू अझै ठूलो सङ्घर्षको लागि अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गर्दै सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने उल्लेख गरिएको छ ।