बिहिबार, बैशाख १३, २०८१

संकटा बहालमा भद्रकाली नाच प्रदर्शन,भेडा रूपी राक्षसको देवताले यसरी गरे बध(फोटोफिचर)

काठमाडौं ज्येष्ठ १७, प्रत्येक १२ वर्षमा हुने श्री वटु भद्रकाली खड्ग सिद्धि जात्रा अन्र्तगत आइतवार राजधानीको संकटा बहालमा भद्रकाली नाच नचाइएको छ । यसअघि मखन तारणी बहाल, इन्द्रचोक, वटु, हाडिगाउँ, नक्साल, टोखा, माथिल्लो थकु जुजु बहाल , तल्लो थकु anup_20160528_11anup_20160528_3anup_20160528_5 anup_20160528_7 anup_20160528_8 anup_20160528_10anup_20160528_12 anup_20160528_13 anup_20160528_14 anup_20160528_15जुजुबहालमा नाच प्रदर्शन गरिसकेको छ । यसैक्रममा वटुस्थित द्यस् छेँ मा कलेवर पोसाक, मुकुट, गरगहना लगाई महाबौद्ध–न्यूरोड, सुनधारा– खिचापोखरी–गणेश मन्दिर हुँदै टेस्बहालस्थित द्यस् छेँमा जाने क्रममा नगर परिक्रमाकोक्रममा गणेश मन्दिरमा पुगेपछि लुमडी गुठीलगायतले देवगणहरूलाई सुगन दिइ स्वागत गरेका थिए ।

शनिबार साँझपख रूद्रयणी देवगणबाहेक अन्य सम्पूर्ण देवगणलाई टुँडिखेलमा लगिएको थियो । त्यहाँ देवगणहरूबीच एउटा भेडा छाडिएको थियो । उक्त भेडालाई देवगणहरूले समातेर वध गरेका थिए । प्राचिन कालमा देवगण र राक्षसबीच युद्ध हुदा राक्षसहरू भेडाको रूप धारणा गरि बथान भित्र लुक्न गएका थिए । यसरी लुक्न गएका राक्षस रूपी भेडालाई पहिचान गरि देवताहरूले समाटेर वध गरिएको कथनलाइ नाचमा केन्द्रीत गरि देखाइएको थियो ।